यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही « Khabarhub

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो ।

आज मात्रै उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठीक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए।

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका एक जना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५५३ नम्बरका बस चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकले नशालु पदार्थसेवन गरेरनगरेको जाँच गर्दै आएको छ ।

केही दिनअघि मात्रै काठमाडौँको कुलेश्वरमा लागुपदार्थ सेवन गरेर गाडी चलाउँदा सोही गाडीको ठक्करबाट विपरीत दिशाबाट सडकपेटीमा हिँडिरहेका तीन यात्रु घाइते भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : १२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर