पेरिस ओलम्पिक : चीन शीर्षस्थानमा « Khabarhub

पेरिस ओलम्पिक : चीन शीर्षस्थानमा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५३ देशले पदक जितेका छन् । शुक्रबार राति सम्पन्न खेलपछि ३४ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५३ देशले पदक जितेका छन् ।

जसमा चीन १३ स्वर्ण, ९ रजत र ९ काश्य पदक जितेर शीर्षस्थानमा छ भने फ्रान्स ११ स्वर्ण, १२ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया ११ स्वर्ण, ६ रजत र ५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, अमेरिका ९ स्वर्णसहित १८ रजत र १६ काश्य, ग्रेट ब्रिटेन ९ स्वर्ण, १० रजत र ८ काश्य, जापानले ८ स्वर्ण, ४ रजत र ६ काश्य, दक्षिण कोरियाले पनि ७ स्वर्णसहित ५ रजत र ४ काश्य पदक जितेका छन् ।

यस्तै, इटालीले ५ स्वर्ण, ८ रजत र ४ काश्य, नेदरल्याण्ड्सले ४ स्वर्ण, ३ रजत र २ काश्य, क्यानडाले ३ स्वर्ण, २ रजत र ६ काश्य पदक जितेका छन् ।

यस्तै, जर्मनी, न्युजिल्याण्ड, रोमानिया, हंगेरी, हङकङ आयरल्याण्ड, आयरल्याण्ड र अजरबैजानले २–२ स्वर्ण पदक जितेका छन् ।

ब्राजिल, स्विडेन, जर्जिया, स्विट्जरल्याण्ड, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम, काजकिस्तान, ग्वाटेमाला, उज्वेकिस्तान, छेक रिपब्लिक, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया, सर्बिया र युगाण्डाले एक–एक स्वर्ण पदक जितेका छन् ।  

अहिलेसम्म ओलम्पिक इजरायल, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, युक्रेन, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, अस्ट्रिया, इजिप्ट, पोर्चुगल र स्लोभाकियाले पनि पदक जितेका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ९ : २६ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक