‘पार्टीलाई विकल्पका रुपमा स्थापित गर्ने प्रतिवद्धता’ | Khabarhub Khabarhub

‘पार्टीलाई विकल्पका रुपमा स्थापित गर्ने प्रतिवद्धता’


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो पार्टीलाई कल्याणकारी लोकतन्त्रको दिशामा डोहो¥याउँदै सुदृढ, रचनात्मक र एकताबद्ध बनाएर लैजाने घोषणा गरेको छ ।

शनिबार सम्पन्न भएको उक्त पार्टीको राष्ट्रिय सन्देश भेलाले नेपालको राजनीतिक र समृद्धमुखी रूपान्तरणलाई सुनिश्चित गर्ने दृढता र प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी विभाजनलाई शिक्षाका रुपमा ग्रहण गर्दै विवेकशील साझा पार्टीले एकता, ऊर्जा र आह्वानसहित पार्टीलाई सुदृढ विकल्पका रुपमा स्थापित गर्ने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

भेलाले जनताको जनजीविकासँग सम्बन्धित महत्वपूर्ण मुद्दामा जनतासँगै रहेर विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत भ्रष्टाचारविरुद्धको अभियान, सुशासनका लागि अभियान, महिलाहिंसा विरुद्धको अभियान, जातीय भेदभाव विरुद्धको अभियान, उद्यमशीलता प्रवद्र्धन अभियान, सामाजिक सद्भाव र एकताका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

भेलामा देशभरीबाट आएका झण्डै ५०० पार्टीका अगुवा सदस्य तथा अभियन्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ५ : ४७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित