भारतीय विदेशमन्त्री जयशंकरको आजको कार्यतालिका « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकरको आजको कार्यतालिका


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकर औपचारिक तथा अनौपचारिक भेटवार्तामा व्यस्त छन् ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि जयशंकर बिहान साढे १० बजे राष्ट्रपति भवन शीलत निवास पुग्नेछन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हीतका विषयमा छलफल हुनेछ । साथै नेपाल भारत सम्बन्धलाई मजबुद बनाउन भएका पहल, भारतले नेपाललाई गरेको सहयोगका विषयमा पनि कुराकानी हुने दूतावासले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा आपसी हीत र दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि उनी नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । विदेशमन्त्री जयशंकरको सम्मानमा समकक्षी प्रदीप ज्ञवालीले बेलुका ७ बजेदेखि रात्रिभोजको आयोजना गरेका थिए ।

२ दिने भ्रमणका लागि नेपाल आएका जयशंकर आजै स्वदेश फर्कने छन् । उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्ने कार्यतालिका छन ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ४४ बजे

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा