भारतविरुद्ध नेपालको ऐतिहासिक जीत | Khabarhub Khabarhub

काभा महिला भलिबल

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महिला टोलीले भारतलाई हराउँदै काभा वुमन्स लिगमा ऐतिहासिक जीत* निकालेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।

भलिबलमा एसियाकै जायन्ट मानिने भारतलाई नेपाली टोलीले ३–२ को सेटमा पराजित गर्दा स्पाइकरहरू सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारी एवम्‌ लिबेरो सलिना श्रेष्ठले फाइनल स्पर्धामा उत्कृष्ट प्रदर्शन गरे ।

नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी काभा वुमन्स लिगमा शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्‌ । यसअघि नै नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

शनिबार नै भुटानको राजधानी थिम्पुमा नेपाली महिला टोली काभा बीच भलिबल च्याम्पियन बनेको थियो । नेपाली महिला टोलीका सदस्य कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानको टोलीलाई २१-१७ र २१-१४ को सोझो सेटमा पराजित गरेको थियो ।

(सच्याइएको ।)

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : २५ बजे

विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी

छानबिन समितिको म्याद एक हप्ता थप

काठमाडौं– सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको

कम्बोडिया र थाइल्याण्डबीच तनाव चुलिएका बेला राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्दै

काठमाडौं- कम्बोडिया र थाइल्याण्डबीच तनाव चुलिएका बेला संयुक्त राष्ट्रसंघ सुरक्षा

बन्धक बनाइ मानब बेचबिखन गर्ने दुई जना पक्राउ

काठमाडौं– भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको