ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्नेछ : मुख्य सचेतक बर्तौला « Khabarhub

ओली सरकारले राष्ट्र र जनताको हितमा काम गर्नेछ : मुख्य सचेतक बर्तौला


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ओली सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताएका छन्  ।

आज काठमाडौंमा भएको थाहा-काठमाडौं सम्पर्क मंचको दोस्रो भेलामा बोल्दै ओली सरकार आफ्नो पूर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताएका हुन् । उनले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन पनि गर्ने बताए । 

कार्यक्रममा बोल्दै बर्तौलाले भने,- ‘२०७४ सालको आम निर्वाचन पछाडि पछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्य देखि संघीय सांसद सम्मको जनप्रतिनिधिहरू सडक, बाटो पुल भनेर हिँडेको छ । कानुन कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनु पर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनु पर्छ तर मन्त्री मण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरूलाई पूर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ ।’ 

 बर्तौलाले थपे, ‘एमालेबाट उम्मेदवार भएर निर्वाचित भएका जनप्रतिनिधिहरूले सुतेर बिताएको छैन ।’

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ०५ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका