आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित) | Khabarhub Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन २० गते आइतबार तदनुसार सन् २०२४ अगष्ट ४ तारिख। साउन कृष्ण पक्षको औंसी तिथि। भोटो जात्रा (उपत्यका विदा) । साउन कृष्ण पक्षको अष्टमी तिथि। विश्व हेपाटाइटिस दिवस र गोरखकाली पूजा आजै परेका छन्।

हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

यस्तो छ पूजा गर्ने विधि:
आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।

निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्। यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ।धर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ०५ बजे

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक