बस्ती जोगाउन तटबन्ध निर्माण « Khabarhub

बस्ती जोगाउन तटबन्ध निर्माण


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।

खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन् ।

समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो । बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो तटबन्ध निर्माण गरेका हुन् ।

नौखरीमा मुक्तकमैया परिवारको बसोबास छ । तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ ।

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुंगा ढुवानीमा पाँच लाख खर्च भएको जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १० : ३४ बजे

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६