गुरुदेव कामतको शोकमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो « Khabarhub

गुरुदेव कामतको शोकमा मधेश सरकारले राष्ट्रिय झन्डा आधा झुकायो


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।

गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको साङ्गीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र सङ्घर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम् क्षणसँग लड्दै शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँ लागिरहनुभयो ।’

सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : २४ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद