प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन् « Khabarhub

प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन्


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी एजेण्डा बोकेर हिँडेकाहरूले संविधान संशोधनको विरोध गरेको बताएका छन् ।

आइतबार एमाले मुख्यालय च्यासलमा उपाध्यक्ष गुरु बराल र मनोनीत १७ जना केन्द्रीय सदस्यहरूलाई शपथ दिलाउँदै एमाले अध्यक्षसमेत रहेका ओलीले देशको यस्तो बताएका हुन् ।

उनले देशलाई अगाडि लैजान संविधान संशोधन गर्न लागिएको बताए। त्यसैका लागि कांग्रेससँग मिलेको पनि उनले जिकिर गरे । ओलीले संविधान संशोधन गर्नै हुन्न भन्नेहरू लोकतन्त्रको विरोधी रहेको टिप्पणी गरेका छन् ।

‘देशको अग्रगति, समाजको विकास, जनताको प्रगतिका लागि संविधान संशोधन हुन्छ,’ ओलीले भने, ‘संविधान भनेको परिमार्जित हुँदै, संशोधित हुँदै जाने दस्तावेज हो ।’

उनले त्यसकै लागि नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको जिकिर गरे । ‘तर, प्रतिगमनकारी एजेन्डा बोकेर हिँडेकाहरूले विरोध गरिरहेका छन्,’ ओलीले भने ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  २ : ३८ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६