रातो मच्छिन्द्रनाथको भोटो अवलोकनमा पुगे प्रधानमन्त्री (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथको भोटो अवलोकनमा पुगे प्रधानमन्त्री (तस्बिरहरू)


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न पुगेका छन् ।

ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई प्रधानमन्त्री ओलीले पूजा पनि गरेका छन् ।

राताे मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाए। त्यही कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद पनि लिए । भोटो जात्रा अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधनन्याधीश विश्वम्भर श्र्ष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरू पनि पुगेका थिए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : १४ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी