काभा महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग पराजित « Khabarhub

काभा महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग पराजित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभा महिला नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । प्रतिस्पर्धात्म बनेको खेलमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको हो ।

अन्तिम तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो । पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्म बनेको तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५-१५ ले जितेको थियो ।

यो जितसँगै इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ । इरानले चार खेलमा ७ अंक जोड्दा नेपालले ३ खेलमा ६ अंक प्राप्त गरेको छ ।

यसअघि नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ३० बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी