कालोपुलमा एक युवकको हत्या, श्रीमतीसहित दुई जना पक्राउ « Khabarhub

कालोपुलमा एक युवकको हत्या, श्रीमतीसहित दुई जना पक्राउ


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–७ कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ । महतको आज विहान हत्या भएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका–९ माधबपुर घर भएकी २४ वर्षीया उषा नेपाली तथा सोही ठाउँका २७ वर्षीय मदन रम्तेल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आज कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा कोठा भाडामा लिई एक महिनादेखि बस्दै आएका श्रीमान श्रीमतीमध्ये पुरुष २० वर्षीय प्रेम महत दर्जी मृत अवस्थामा फेला परेकाले मृतकको श्रीमती उषा सार्की र मदन रम्तेललाई पक्राउ गरिएको हो ।”

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ८ : ४३ बजे

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट रोहित पौडेलको बिदाइ, क्यानले दियो धन्यवाद

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली– कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको माग

कपिलवस्तुमा बिग्रिएर राखिएको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

तौलिहवा – तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमपनियामा मिनी ट्रकसँग

अण्डाको समर्थन मूल्य बढ्यो

चितवन– अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् ।