विद्युत तार व्यवस्थापन नहुँदा बढ्यो जोखिम « Khabarhub

विद्युत तार व्यवस्थापन नहुँदा बढ्यो जोखिम


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित वडा नं १०, ११, १२ र १३ का क्षेत्रमा विद्युत्को तार व्यवस्थापन नहुँदा जोखिम बढेको स्थानीयले बताएका छन् ।

यी क्षेत्रमा सडक विस्तार र नाला निर्माण गर्ने गर्दा विद्युत्का पोल हटाउने र सार्ने क्रममा तार व्यवस्थापन नगर्दा आवतजावत गर्दा समस्या भएको स्थानीयको भनाइ छ ।

शनिबार वडा नं १३ पोर्ताहास्थित वडा कार्यालय नजिकै स्थानीय चित्र कार्की मोटरसाइकलबाट गाईघाट बजारतर्फ आउँदै गर्दा सडकमा खसेको विद्युतीय तारले करेन्ट लागेर घाइते भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका अध्यक्षसमेत रहनुभएको कार्कीको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको रास्वपा त्रियुगा नगरसमितिका अध्यक्ष उत्तम रिजालले बताए ।

त्रिनपा–१२ को डिएमगेट क्षेत्र र शनिमन्दिर क्षेत्रमा झन्डै पाँच सय मिटर सडक खण्डमा विद्युत्का तार छरपस्ट छन् । निवर्तमान वडाअध्यक्ष विक्रम राईले पोलबाट खसाइएका तार व्यवस्थापन नहुँदा यस क्षेत्रका सडकमा हिँड्डुल गर्नसमेत निकै जोखिम बढेको बताए ।

वडा नं १३ को पोर्ताहा, असारी र लक्ष्मीपुर क्षेत्रका सडकमा विद्युत् तार सडकमा छाडिएका छन् । यसकारर्ण हिँड्डुल गर्न पनि निकै समस्या भएको स्थानीय राजदेव चौधरीको गुनासो छ । चाँडै तार व्यवस्थापन नगरे नागरिक झनै जोखिममा पर्ने उनले बताए ।

विद्युत प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख विजयबाबु खत्री भने सडक विस्तार र नाली निर्माण गर्दा विद्युत् पोल सार्नुपर्दा यस्तो समस्या भएको बताउँछन् । आफ्नो कार्यालय तार व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गरे पनि नेपाल टेलिकम र विभिन्न केवल नेटवर्क कम्पनीले आफ्नो तार व्यवस्थापन नगर्दा समस्या भएको उनको धारणा छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : १९ बजे

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६