विद्युत तार व्यवस्थापन नहुँदा बढ्यो जोखिम | Khabarhub Khabarhub

विद्युत तार व्यवस्थापन नहुँदा बढ्यो जोखिम


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित वडा नं १०, ११, १२ र १३ का क्षेत्रमा विद्युत्को तार व्यवस्थापन नहुँदा जोखिम बढेको स्थानीयले बताएका छन् ।

यी क्षेत्रमा सडक विस्तार र नाला निर्माण गर्ने गर्दा विद्युत्का पोल हटाउने र सार्ने क्रममा तार व्यवस्थापन नगर्दा आवतजावत गर्दा समस्या भएको स्थानीयको भनाइ छ ।

शनिबार वडा नं १३ पोर्ताहास्थित वडा कार्यालय नजिकै स्थानीय चित्र कार्की मोटरसाइकलबाट गाईघाट बजारतर्फ आउँदै गर्दा सडकमा खसेको विद्युतीय तारले करेन्ट लागेर घाइते भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका अध्यक्षसमेत रहनुभएको कार्कीको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको रास्वपा त्रियुगा नगरसमितिका अध्यक्ष उत्तम रिजालले बताए ।

त्रिनपा–१२ को डिएमगेट क्षेत्र र शनिमन्दिर क्षेत्रमा झन्डै पाँच सय मिटर सडक खण्डमा विद्युत्का तार छरपस्ट छन् । निवर्तमान वडाअध्यक्ष विक्रम राईले पोलबाट खसाइएका तार व्यवस्थापन नहुँदा यस क्षेत्रका सडकमा हिँड्डुल गर्नसमेत निकै जोखिम बढेको बताए ।

वडा नं १३ को पोर्ताहा, असारी र लक्ष्मीपुर क्षेत्रका सडकमा विद्युत् तार सडकमा छाडिएका छन् । यसकारर्ण हिँड्डुल गर्न पनि निकै समस्या भएको स्थानीय राजदेव चौधरीको गुनासो छ । चाँडै तार व्यवस्थापन नगरे नागरिक झनै जोखिममा पर्ने उनले बताए ।

विद्युत प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख विजयबाबु खत्री भने सडक विस्तार र नाली निर्माण गर्दा विद्युत् पोल सार्नुपर्दा यस्तो समस्या भएको बताउँछन् । आफ्नो कार्यालय तार व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गरे पनि नेपाल टेलिकम र विभिन्न केवल नेटवर्क कम्पनीले आफ्नो तार व्यवस्थापन नगर्दा समस्या भएको उनको धारणा छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : १९ बजे

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कबज बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

काठमाडौं– बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप

आज पापाङ्कुशा एकादशी व्रत

काठमाडौं– आज आश्विन शुक्लपक्षको पापाङ्कुशा एकादशी । आज एकादशीको व्रत