सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा आज बिहान त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खस्दा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानका २८ वर्षीय अशोक राजभार भने गम्भीर घाइते भएका छन् ।

घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ११ : ०९ बजे

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

काठमाडौं – चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ