जसपा नेपालबाट केन्द्रीय समिति बैठक आह्वान | Khabarhub Khabarhub

जसपा नेपालबाट केन्द्रीय समिति बैठक आह्वान


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

केन्द्रीय सदस्य पूर्ण बस्नेतले बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको जानकारी दिए ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ११ बजे

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको