प्रभुको खुद नाफा १४९९ प्रतिशतले बढ्दा नबिलको ७ अर्ब पुग्यो, अन्यको कति ? « Khabarhub

प्रभुको खुद नाफा १४९९ प्रतिशतले बढ्दा नबिलको ७ अर्ब पुग्यो, अन्यको कति ?


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रभु बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ भने नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको देखिन्छ । 

समग्रमा २० वाणिज्य बैंकहरुले औसतमा १३.४० प्रतिशत खुद नाफा बढेको सार्वजनिक अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा २० वाणिज्य बैंकहरुले ५८ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । आर्थिक वर्ष २०८०-०८१ मा भने १३ प्रतिशतले खुद नाफा वृद्धि भएर ६२ अर्ब ७१ करोड ५३ लाख ८३ हजार पुगेको छ । 

आ.व. ७९-८० मा प्रभु बैंकको नाफा २८ करोड २ लाख १९ हजार रहेकोमा गत आवको अन्यमा १४९९.०४ प्रतिशतले वृद्धि भएर ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा पुगेको छ । योसँगै नाफा वृद्धि हुने वाणिज्य बैंकमध्ये प्रभु पहिलो स्थानमा समेत रहेको देखिएको छ ।

नाफा वृद्धि गर्ने पहिलो स्थानमा प्रभु भएपनि नाफा कमाउने पहिलो स्थानमा भने नबिल बैंक रहेको छ । गत आवको चौथो त्रैमासमा नबिलले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अन्य सबै वाणिज्य बैंक भन्दा बढी हो । नबिलले अघिल्लो आवको तुलनामा १०.२३ प्रतिशत बढीले नाफा कमाएको हो । 

२० वाणिज्य बैंकहरु मध्ये १० वाणिज्य बैंकको नाफा वृद्ध भएको छ भने अन्य १० को नाफा घटेको छ । एनआईसी एशिया बैंकको सबैभन्दा बढी नाफा घटेको छ । आव ०७९-०८० मा एनआईसीको खुद नाफा ४ अर्ब ४४ करोड ४७ लाख ६९ हजार रुपैयाँ कमाएकोमा गत आवमा ६८.९१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँ मात्र पुगेको छ । 

सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंको नाफा घटेको छ ।  स्ट्यान्डर्ड चार्टर्ड बैंकले आव ७९-८० मा ३ अर्ब ४६ करोड ५३ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । 

त्यस्तै माछापुच्छ्रेको २३.०९ प्रतिशतले, सिटिजनको २९.९७ प्रतिशतले, नेपाल बैंकको ५१.८० प्रतिशतले, एनएमबिको २७.४९ प्रतिशतले, सानिमाको ८.५९ प्रतिशतले, सिद्धार्थको ४.७८ प्रतिशतले राष्ट्रिय वाणिज्यको ५.४८ प्रतिशतले र ग्लोबल आईएमईको १०.१३ प्रतिशतले नाफा घटेको छ ।  

साथै, एनआईएमबीको ३९.७१ प्रतिशतले, प्राईमको २६७.१९ प्रतिशतले, एभरेष्टको १०.०७ प्रतिशतले, कृषि विकास बैंकको १७६.२३ प्रतिशतले, लक्ष्मी सनराइजको ३२.७९ प्रतिशतले, हिमालयनको ८१.६० प्रतिशतले, कुमारीको ३४५.६७ प्रतिशतले र नेपाल एसबीआई बैंकको २.३५ प्रतिशतले खुद नाफा वृद्ध भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ०६ बजे

जीर्ण बाँधका कारण रौतहटका दर्जनौँ बस्ती बाढीको उच्च जोखिममा

चन्द्रपुर-  रौतहट भएर बग्ने वाग्मती र लालबकैया (बकैया) नदीका दुवै किनारमा

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा– रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे

मेसी र यामलको भाइरल तस्बिर वास्तविक भएको युनिसेफको पुष्टि: विश्वकपको फाइनलमा प्रतिद्वन्द्वी

काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भइरहेको स्पेनका युवा स्टार लामिन

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः