‘ट्र्याक’ खुलेको २१ वर्षपछि सडक स्तरोन्नति « Khabarhub

‘ट्र्याक’ खुलेको २१ वर्षपछि सडक स्तरोन्नति


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– जिल्लाको आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डे हुँदै रायडाँडा सडक २१ वर्षपछि स्तरोन्नति थालिएको छ । बागलुङ बजारबाट तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडक दुई वर्षभित्र कालोपत्र सक्नेगरी स्तरोन्नति थालिएको हो ।

वैशाखदेखि काममा आएको निर्माण व्यवसायीले दुई महिनाको प्रगति तित्याङ खण्डमा छ किलोमिटर सडक चौडा बनाइसकेको छ । साथै बागलुङ बजारको अदालत चौपारीबाट पूर्वाधार निर्माण थालिएको जनाएको छ । 

बागलुङ नगरपालिकाभित्रका अफ्ठ्यारो खण्डका रुपमा रहेको तित्याङभकुण्डे पुग्ने सडक २४ महिनाभित्र कालोपत्र गरिसक्ने गरी निर्माण व्यवसायीले ठेक्का सम्झौतापछि कामलाई तीव्रता दिएका नगर कार्यालयले जनाएको छ । बागलुङ बजारको अदालत चौपारीबाट गौँडाकोट, तित्याङ, दह, भुकण्डे  हुँदै रायडाँडाको सिमानासम्म पुग्ने सडक स्तरोन्नतिपश्चात् कालोपत्र गरिने निर्माण कम्पनीका सञ्चालक ध्रुव बिडारीले बताए । 

यसअघि ठेक्का सम्झौता गरेर काम नगर्ने प्रवृत्तिले २१ वर्षसम्म स्तरोन्नति हुन नसकेको उक्त खण्डमा अहिले भने तीव्र गतिमा काम भइरहेको स्थानीय बताउँछन् । बिडारीले १५ किमी सडक कालोपत्र गर्नुपर्ने सम्झौता भएअनुसार छ किमी चौडा पारिएको जनाउँदै बागलुङ बजारबाट ग्याबिन, मेसिनरी पर्खाल र नालीको काम थालिएको बताए। 

‘गत चैत १६ गते दुई वर्षभित्र स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्न सम्झौता गरेका थियौँ । वैशाखदेखि काम थलिएकामा अहिलेसम्म सन्तोषजनक भइरहेको छ । सबैको साथ र सहयोग भएमा म्याद सकिनु पहिला नै कालोपत्र सम्पन्न गर्ने योजना छ’, सञ्चालक बिडारीले भने, ‘तित्याङ खण्डमा औजारको काम र बागलुङ बजारबाट गौँडाकोटसम्म ज्यामीको काम भइरहेको छ, बिस्तारै कामदार थप गरी कामलाई तीव्रता दिनेछौँ ।’

विसं २०६० मा स्थानीयले चन्दा संकलन गरेर उक्त सडकको ट्र्याक खोलिएको थियो । करिब २१ वर्षपछि कालोपत्रसहित स्तरोन्नति हुन थालेपछि तित्याङ, भकुण्डे र रायडाँडाका स्थानीयलाई सहज हुने भकुण्डेका चन्द्रप्रकाश शर्माले बताए । उनले सम्झौता भएसँगै निर्माण व्यवसायी कार्यक्षेत्रमा खटिनु सकारात्मक पक्ष भएको भन्दै यथाशीघ्र गुणस्तरीय काम सम्पन्न गर्न स्थानीयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ट्र्याक खोलुको २१ वर्षसम्म अलपत्र बनेको सडकअन्तर्गत अहिले १५ किमी कालोपत्र र स्तरोन्नति थालिएपछि स्थानीय खुसी भएका छन् । पर्यटकीय गाउँ भकुण्डेसम्म पुग्न उक्त खण्ड प्रयोग हुने गरेको भन्दै शर्माले स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा लिइएको बताए ।

‘दुर्गम गाउँमा सडक सञ्जाल विस्तार भई विकास महसुस गरिरहेको अवस्थामा बजार नजिकैको तित्याङ, भकुण्डे, र रायडाँडाका नागरिकले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका थियौँ”, शर्माले भने, ‘ढिलै भए पनि सरकारले बजेट व्यवस्थापन ग¥यो, यसमा हाम्रो सकारात्मक सहयोग गरहनेछ ।’  गर्‍यो

उक्त सडक कालोपत्र गर्न रु ३१ करोड ९६ लाख ३५ हजारमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । निर्माण व्यवसायीले समयसीमाभित्रै काम सम्पन्न गरेमा दुई वर्षमा तित्याङ हुँदै भकुण्डेसम्म सवारिसाधन गुड्नेछन् । 

भकुण्डे जिल्लाको पहिलो ग्रामीण पर्यटकीय गाउँका रुपमा परिचित छ । यहाँ जिल्लाकै पहिलो घरबास सञ्चालनमा आए पनि सहज सडक सुविधा नहुँदा पर्यटकलाई असहज हुँदै आएको थियो । उकालो र घुम्ती सडकमा ढलान तथा अन्य भागमा चिनियाँ प्रविधिबाट कालोपत्र गरिने निर्माण व्यवसायीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ०६ बजे

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल