सुदूरपश्चिममा मन्त्रीको टुंगो लाग्यो, एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने | Khabarhub Khabarhub

सुदूरपश्चिममा मन्त्रीको टुंगो लाग्यो, एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । 

प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । 

दलको निर्णयअनुसार प्रदेशसभा सदस्य मेघराज खड्का सामाजिक विकास मन्त्री र प्रदेशसभा सदस्य बहादुरसिंह थापा आर्थिक मामिला मन्त्रीको शपथ लिने भएका छन् । 

यस्तै प्रदेशसभा सदस्य सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्‌मा पठाउने निर्णय दलले गरेको छ । 

सोमबार साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाह र अन्य मन्त्रीहरूले शपथ लिनेछन् । सत्ता साझेदार नेकपा एमालेले भने यसअघि दीर्घ सोडारी मन्त्रिपरिषद्मा रहेकाहरूलाई नै मन्त्रीमा दोहोर्‍याउने निर्णय गरेको छ । 

नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : १३ बजे

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर