माओवादी नेताको आरोप- सरकार देशलाई प्रतिगमनतिर लैजाँदैछ | Khabarhub Khabarhub

माओवादी नेताको आरोप- सरकार देशलाई प्रतिगमनतिर लैजाँदैछ


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सरकारको पछिल्लो गतिविधि प्रतिगमनउन्मुख देखिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरण र संविधान संशोधनका विषयमा वर्तमान सरकार सुशासनतर्फ नभइ प्रतिगमनउन्मुख देखिएको आरोप लगाए ।

वर्तमान सरकारले सस्तो लोकप्रियताकाका लागि काम गर्न खोजेको उनले जिकिर गरे ।

यसअघि लेखा समितिले गरेको निर्णय र अदालतको आदेशविपरीत हाल लेखा समितिमा भइरहेका बहस असान्दर्भिक रहेको जिकिर गरे ।

सार्वजनिक संस्थानमाथि भएको सरकारको हस्तक्षेपले तिनीहरू थप धराशयी हुने उनले बताए ।

विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्तीप्रति आपत्ति जनाउँदै बस्नेतले आफ्नो फरक मत राख्दा कारवाही गर्नुले लोकतन्त्रमाथिको उपहास भएको धारणा राखे ।

त्यस्तै बस्नेतले स्थायित्व र विकासका नाममा संविधान संशोधन गरेर निर्वाचन प्रणाली र संघीयतामाथि कैंची लगाउने कोशीसमा कांग्रेस–एमाले रहेको आंशका गरे ।

उनले संशोधनका नाममा हुने प्रतिगमन कुनै अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे । संघीय लोकतान्त्रीक गणतन्त्रको आत्मालाई मास्ने गरि संशोधनका नाममा देशलाई घात गर्न नपाइने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : २५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार