दिल्लीतर्फ जाँदैछ शेख हसिना सवार बंगलादेशी सेनाको जहाज « Khabarhub

दिल्लीतर्फ जाँदैछ शेख हसिना सवार बंगलादेशी सेनाको जहाज


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना सवार जहाज ढाकाबाट सिधै भारतको राजधानी नयाँदिल्लीतर्फ गएको छ ।

ढाकाबाट भागेकी उनी भारतको त्रिपुरा राज्यमा अवतरण गरेको चर्चा थियो । तर हसिना सवार जहाज अहिले भारतीय राज्य बिहारबाट पनि पश्चिमतर्फ लागेर उत्तर प्रदेशको आकाशमा पुगिसकेको छ ।

यो जहाज भारतीय राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको त्यहाँस्थित सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सुरक्षा एजेन्सीका अनुसार बंगलादेशबाट उडेको जहाज अहिले उत्तर प्रदेशको राजधानी लखनऊको आकाशमाथि पुगिसकेको छ ।

एजएएक्स१४३१ कलसाइन भएको बंगलादेशी सेनाको सी-१३० जहाजलाई भारतीय सुरक्षा एजेन्सीले कडा निगरानीमा राखेका छन् ।

समाचार अनुसार बंगलादेशकी निवर्तमा प्रधानमन्त्री शेख हसिना, उनकी बहिनी र परिवारका सदस्य जहाजमा सवार छन् ।

यो जहाज सी-१३० दिल्लीको रनवेमा साढे ५ बजेसम्म अवतरण गर्ने बताइएको छ । बंगलादेश वायुसेनाको विमानबाटै उनले देश छाडेकी हुन् । भारतीय शीर्ष सुरक्षा अधिकारी अवस्थाबारे कडा नजर राखिरहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : ३४ बजे

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६