मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु « Khabarhub

मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरोलगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई-दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल