बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी | Khabarhub Khabarhub

बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो ।

केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिए ।

उनले भने, “नराम्रो घटना नहोस्, विदेशी मानिसहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएका छौँ । विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।”

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य मुलुकबाट मानिसको घुसपैठ हुनेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिए।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : १५ बजे

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह

एजेन्सी – अफ्रिकी युनियनले लिबियाको राजधानी त्रिपोलीमा यसै महिनाको शुरुमा

गणतन्त्रको सुदृढीकरण गर्न राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको

हिमपहिरोको अनुसन्धान गर्न विज्ञ टोली काँजी हिमाल जाँदै

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन

डोल्पामा यार्सा संकलक समूहबीच झडप, २ राउण्ड हवाइ फायर 

काठमाडौं– शनिबार दिउँसो  डोल्पा जिल्ला  ठुली भेरी नगरपालिका- १ ठाला

गृहमन्त्रालयले भन्यो- भिजिट भिसा सेटिङमा मन्त्री लेखकको कुनै संलग्नता छैन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भनिएको भिजिट