पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा « Khabarhub

पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार र बुधबार पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसमविद्ले बताएका छन्।

मधेश र कर्णालीका जिल्लाहरु भने उच्च जोखिममा छैनन्। यस्तै ३६ जिल्ला मध्यम जोखिममा र ७ जिल्ला निम्न जोखिममा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय भएकाले कोशी प्रदेशका ४, बागमतीका ६, गण्डकीका ९, लुम्बिनीका १० र सुदूरपश्चिमका ५ वटा जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्थुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकीको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोरखा जिल्ला उच्च जोखिममा छन्।

यस्तै लुम्बिनीका कपिलवस्तु, रुपन्देशी, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्ला उच्च जोखिममा छन्।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ८ : ३५ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण