बंगलादेशकी विपक्षी नेतृ खालिदा रिहा हुँदै | Khabarhub Khabarhub

बंगलादेशकी विपक्षी नेतृ खालिदा रिहा हुँदै


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छिन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छिन् ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरु भएको बताइएको छ ।

आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन् ।

युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी शेख हसिना अहिलेसम्म भारतमै रहेकी छिन् । उनी लन्डन जानसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : १० बजे

इरानमा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ?

काठमाडौं– शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी सैन्य कारवाही

रास्वपा सांसदको राज्यका निकायकै मिलेमतोमा नागरिक बेचिनुपर्‍यो भन्ने भनाइमा सांसदहरुबीच चर्को विवाद

काठमाडौं– भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य

छोरालाई सम्झिरहन कविता महोत्सव र विमल कृति पुरस्कार

कविता महोत्सवका लागि कविता र विमल कृतिका लागि पुस्तक आह्वान  

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार