बेलायतले भिसा नदिएपछि फिल्म ‘सन अफ सरदार–२’ बाट बाहिरिए सञ्जय दत्त « Khabarhub

बेलायतले भिसा नदिएपछि फिल्म ‘सन अफ सरदार–२’ बाट बाहिरिए सञ्जय दत्त


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१३ नोभेम्बरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ सरदार’को दोस्रो सिक्वेल ‘सन अफ सरदार–२’ बाट नायक सञ्जय दत्त बाहिरिएका छन् । बेलायतले भिसा दिन अस्वीकार गरेपछि उनी बाहिरिनु परेको हो ।

फिल्ममा सञ्जयले खलपात्रको भूमिका निर्वाह गर्दै थिए । भिसाको समस्याका कारण निर्माण टिमले उनको स्थानमा रवि किशनलाई भित्र्याएको छ । यससँगै सञ्जयलाई ‘सन अफ सरदार–२’मा देख्न नपाइने पक्का भएको छ ।

भारतीय मिडिया पिंकभिल्लाका अनुसार सन् १९९३ मुम्बई बम काण्डमा मुछिएका कारण बेलायतले उनलाई भिसा दिन अस्वीकार गरेको हो । स्रोतको भनाइ उद्धृत गर्दै पिंकभिल्लाले लेखेको छ, ‘सञ्जयलाई बेलायतको भिसाको समस्या परेको यो पहिलो पटक होइन ।’

फिल्मको छायाङ्कन मंगलबारदेखि स्कटल्यान्डमा सुरु भइसकेको छ । फिल्ममा अजय देवगन र मृनाल ठाकुर शीर्ष भूमिकामा छन् ।

सञ्जयलाई राहत

सञ्जय फिल्म ‘हाउसफुल–५’ मा पनि अनुबन्ध भएका छन् । अबको केही दिनमै यो फिल्म छायाङ्कनमा जाँदैछ । यो फिल्मको सुटिङ पनि बेलायतका विभिन्न स्थानमा हुने जनाइएको छ ।

भिसाका कारण सञ्जय यो फिल्मका लागि बेलायत जान नपाउने निश्चितजस्तै छ । हाउसफुल–५ का निर्माता साजिद नाडियाडवाला उनलाई फिल्मबाट बाहिर निकाल्न चाहँदैनन् । त्यसैले उनी दोस्रो विकल्पका साथ बसेका छन् ।

साजिद निकट स्रोतको दाबी उल्लेख गर्दै पिंकभिल्लाले लेखेको छ, ‘सञ्जयले भिसा नपाएको अवस्थामा उनको अंशको छायाङ्कन मुम्बईमै हुनेछ । बाँकी कलाकारको छायाङ्कन सम्बन्धित ठाउँमा हुन्छ ।’

साजिद मुम्बईमै बेलायतको सेट बनाएरै भने सञ्जयलाई फिल्म खेलाउन तयार छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ५८ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र