मुलुक समृद्धिका लागि भष्ट्राचार तगारो : प्रधानमन्त्री ओली  | Khabarhub Khabarhub

मुलुक समृद्धिका लागि भष्ट्राचार तगारो : प्रधानमन्त्री ओली 


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वच्छ, सक्षम, निष्पक्ष, जनउत्तरदायी शासन व्यवस्था प्रति प्रतिबद्ध रहेको बताएका छन् । 

मंगलबार संघीय संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै ओलीले संविधानले गरेको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । 

यसबाट नै देशमा विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने कुरामा सरकार स्पष्ट रहेको ओलीले बताए । त्यसको लागि भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न आवश्यक रहेको ओलीले धारणा राखे । 

नेपाललाई समृद्ध बनाउन र नेपाली जनतालाई सुखी बनाउनका निमित्त भ्रष्टाचार तगारोका रूपमा रहेको ओलीले बताए ।

 ‘हामी समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने दिशामा अगाडि बढिरहेका छौँ, यस दिशामा खतरनाक तगारो भनेको भ्रष्टाचार हो’, ओलीले भने । 

ओलीले कर लगाएर मात्रै नहुने बताउँदै कर छली रोक्नु पनि त्यतिकै जरुरी रहेको बताए । भ्रष्टाचारका विभिन्न रूपको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न सरकार दृढ रहेको ओलीले बताए ।

 ‘कसैले कसुर गर्‍यो भने मुख हेरेर, अनुहार हेरेर कसुरमा क्षमा गर्ने यो काम सरकारले गर्दैन’, उनले भने । 

अहिलेको सरकार प्रतिशोधका लागि नबनेको पनि ओलीले प्रष्ट पारे ।

 ‘सरकार अर्थतन्त्रमा सुधार विकासमा गति ल्याउनको लागि हो, त्यसकारण यसले कसै प्रति आग्रह, पूर्वाग्रह राख्ने, कसै प्रति अनावश्यक, अनुचित, झुटा कुराहरू उछाल्ने र कसैलाई दुःख दिने खालका पनि गर्दैन भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु, कसैलाई दुःख दिने यो सरकारको मनसाय छैन’, आलीले भने ।
ओलीले कानुनमा सबै बराबर हुने भएकोले सरकारले कसैले गल्ती गर्‍यो भने नछाड्ने पनि स्पष्ट पारे । 

ओलीले विभिन्न कारणले मानिसहरूमा फ्रस्टेसन आउने बताउँदै नागरिकमा देखिएको निराशा चिर्न लाग्नु पर्ने बताए । लोकतन्त्रको संस्थागत विकाससँगै समृद्धिका कामबाट यो निराशा चिर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : १८ बजे

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

म्याग्दी– हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका

पर्यटक भन्छन्– ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

तनहुँ– ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या सातमा झार्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ

महोत्तरीमा मनाइयो छठ पर्व 

महोत्तरी– मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको चौथो दिन आज उदाउँदो  सूर्यलाई अर्घ्य दिँदै