सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम « Khabarhub

सेयर बजार १४५ अंकले घट्यो, कारोबारमा नयाँ रेकर्ड कायम


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ठूलो करेक्सन आएको छ । सत्ता समीकरणमा एमाले-कांग्रेस आउने चर्चासँगै बुल ट्रेन्डमा रहेको नेप्सेमा लामो समयपछि ठूलो करेक्सन आएको हो । 

मंगलबार एकै दिन नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप्से आज एकै दिन ५.१८ प्रतिशतले घट्दा कारोबारमा भने नयाँ रेकर्ड कायम भएको छ । आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघिसम्म २१ अर्बको मात्र रेकर्ड रहेको थियो । 

प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको नेप्से खुलेको केही समयमै घट्न थालेको थियो । बजार सुरु भएको १० मिनेटपछि भने नेप्से पुनः बढेको थियो । सोमबार २७९७ विन्दुमा बन्द भएको नेप्से आज भने २८ सयको विन्दु समेत पार गरेको थियो ।

 ११ः४२ सम्ममा नेप्से २ पटक २८ सयको विन्दु पार गरेकामा त्यसपछि भने नेप्से निरन्तर ओरालो लागेको थियो । १ः४३ मा नेप्से २७ सयमा झरेर केही माथि जान खोजेको जस्तो देखिएपनि फेरी नेप्सेले ओरालो यात्रा नै तय गरेको थियो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडि भने नेप्से झिनो अंकले माथि आएको थियो । 

मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : २५ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री