बकैया नदीमा आठ पुल निर्माण गरिँदै | Khabarhub Khabarhub

बकैया नदीमा आठ पुल निर्माण गरिँदै


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बकैयाकाठमाडौँ–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ । 

 दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । 

ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमलव नौ सय ७७ किलोमिटर लामो छ । सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन् । 

  द्रुतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल  ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् ।

 बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : १९ बजे

‘माग्ने राजा’ मा ‘एक्स्टेन्डेट केमियो’, कस्तो हो यो भूमिका ?

काठमाडौं – कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ केन्द्रीय भूमिकामा रहने

एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ

धोविखोला करिडोरका संरचनामा प्राधिकरणले चलायो डोजर 

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

बैतडी– यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत

ओली र महासचिव पोखरेलमाथि खनिँदै रावलले भने- निरंकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो

धनगढी- नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका पूर्वउपाध्यक्ष