तीन एआइजीको सरुवा : को कहाँ पुगे ? « Khabarhub

तीन एआइजीको सरुवा : को कहाँ पुगे ?


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्‌ बैठकले नेपाल प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) लाई सरुवा गरेको छ ।

मङ्गलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले एआइजीत्रय दीपक थापा, किरण बज्राचार्य र श्यामलाल ज्ञवालीलाई सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकमा बलिया दाबेदार मानिएका एआइजी दीपक थापालाई उपत्यका प्रहरी प्रमुखबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा सरुवा गरेको छ ।

सीआइबी प्रमुख श्यामलाल ज्ञवालीलाई प्रदेश समन्वय ब्यूरो र किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुख बनाउने निर्णय मन्त्रिपरिषद्‌ बैठकले गरेको हो । यसअघिका एआइजी उमेशराज जोशीले अनिवार्य अवकाश लिएपछि प्रदेश समन्वय ब्यूरो प्रमुख पद रिक्त थियो ।

सरकारका प्रवक्ता एवम्‌ सूचना प्रविधि तथा सञ्‍चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका जानकारीअनुसार रामदत्त जोशी कार्य विभागमा पदस्थापन भएका छन्‌ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ०९ बजे

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको