कमला ह्यारिसका चुनावी जोडी बने टिम वाल्ज « Khabarhub

कमला ह्यारिसका चुनावी जोडी बने टिम वाल्ज


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी जोडी रोजेकी छिन्‌ ।

हाल उपराष्ट्रपति समेत रहेकी कमलाले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आगामी कार्यकालका लागि उपराष्ट्रपति उम्मेदवार चुनेकी हुन्‌ ।

विद्युतीय सामाजिक सञ्जाल एक्समा कमलाले लेखेकी छिन्‌, ‘टिम वाल्जलाई आफ्नो चुनावी दौडका जोडी बनाउन पाउँदा म खुशी छु । मैले टिमलाई यसबारे भनेकी थिएँ । मेरो टिममा उनकाे उपस्थिति हुनु ठूलो कुरा हो ।’

हाइस्कूलमा शिक्षक र फूटबल कोच रहेका टिम वाल्ज १२ वर्षदेखि अमेरिकी कंग्रेसमा प्रतिनिधि छन्‌ । उनले आफू उपराष्ट्रपति उम्मेदवारका रूपमा चयन हुनु जिन्दगीकै सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्‌ ।

अमेरिकी कंग्रेसकी पूर्व स्पीकर न्यान्सी पोलेसीले कमला ह्यारिसको यस फैसलाको स्वागत गरेकी छिन्‌ । उनले एक अन्तर्वार्तामा डेमोक्रेटिकको टीम शानदार बनेको बताएकी हुन्‌ ।

न्यान्सीले हालै रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्प र जेडी वान्सको जोडीलाई अचम्मलाग्दो भनेकी थिइन्‌ । न्यान्सीको यो प्रतिक्रियालाई लिएर अमेरिकाभर चर्चा भएको थियो ।

रिपब्लिकन पार्टीले पनि कमला ह्यारिसले गरेकी उपराष्ट्रपति उम्मेदवार चयनलाई लिएर सामाजिक सञ्‍जालमा कटू आलोचना गर्न थालेको छ । सो पार्टीका नेता/कार्यकर्ताहरूले टिम वाल्जलाई कट्टर वामपन्थी संज्ञा दिइरहेका छन्‌ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ३० बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार