मधेसमा २० जनाको ‘जम्बो’ मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना | Khabarhub Khabarhub

मधेसमा २० जनाको ‘जम्बो’ मन्त्रिपरिषद् बनाएपछि चर्को आलोचना


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरे । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाए ।

मुख्यमन्त्री सिंहले सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद गठन गरेका हुन्‌ ।

कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् ।

नवनियुक्त राज्यमन्त्रीहरूले मंगलबार नै शपथ लिएका छन् । यो सँगै मधेश सरकारको मन्त्रिपरिषद् अहिले सम्मकै ठूलो आकार २० सदस्यीय बनेको छ ।

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार, मन्त्रीको सङ्ख्या २० पुग्यो

मधेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय सहित १२ मन्त्रालय रहेको छ । मुख्यमन्त्री सिंहले साउन ३ गते कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो ।

त्यतिखेरै प्रदेशका सबै मन्त्रालयले पनि नेतृत्व पाइसकेको थियो । सरकारमा जनमतका मुख्यमन्त्री बाहेक दुई मन्त्री, एमालेको चार मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसको चार मन्त्री र लोसपाको एक मन्त्री थिए ।

तर, लोसपालाई एक राज्यमन्त्री दिने सहमति पहिले नै भएको थियो । लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री भइसकेकी थिइन् । लोसपाले पूर्व सहमति अनुसार राज्यमन्त्री नियुक्त गर्न दबाब दिइरह्यो ।

लोसपालाई राज्यमन्त्री दिन खोजेको चाल पाएपछि कांग्रेसले पनि दुई राज्यमन्त्रीको माग अघि सार्‍यो । कांग्रेस र लोसपाले राज्यमन्त्री पाउने सुइँको पाएको एमालेले पनि एक राज्यमन्त्रीको माग अगाडि सारेको स्रोतले जानकारी दियो ।

‘कांग्रेसले दुई राज्यमन्त्री लिने सुँइको पाएपछि आफूले पनि थप एक राज्यमन्त्री पाउनुपर्ने अडान एमालेले राख्यो । सबैलाई दिनुपर्ने भएपछि जनमतले पनि आफू किन छोड्ने भन्दै एक राज्यमन्त्री थप्यो,’ सत्ताघटक दलका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा खबरहबलाई भने ।

सरकारको सर्वत्र आलोचना
मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ दलकै नेताहरूले सामाजिक सञ्‍जालमा सरकारको आलोचना गर्न थालेका छ्न् ।

नेपाली कांग्रेस मधेस प्रदेश कमिटीका सदस्य समेत रहेका युवा नेता कृष्णा सिंहले समाजिक सञ्‍जाल फेसबुकमार्फत्‌ मधेस सरकारको आलोचना गरेका हुन ।

उनले फेसबुकमा लेखेका छन्, ‘होइन यो राज्यमन्त्रीहरू किन थप्नुपर्‍यो ? यस्तो कठिन अवस्थामा के मन्त्रीहरू सक्षम छैनन्‌ ? राज्यमन्त्रीहरूले कहिले अधिकार पाएका छन्‌ र ? पडोशी देशको अवस्था हेर्नुस्‌ महोदय ! देश र मधेस कठिन अवस्थाबाट गुज्रिरहेको छ,अधिकार छ भन्नेबित्तिकै दुरुपयोग नगर्दिनुस्‌ । दुई ठूलो दलको समर्थनको यो सरकारलेआखिर किन गठन गर्नुपर्ने भो यस्तो जम्बो मन्त्रीहरूको टोली ?’

यस्तै जसपाका नेता रामकुमार सर्माले यो मन्त्रिपरिषद हेर्दा संघीयतालाई बदनामगर्ने खेल भएको आरोप लगाएका छन् ।

उनले मन्त्री परिषद्‌ विस्तारप्रति टिप्पणी गर्दै भने, ‘आज भएको मन्त्रीपरिषद्‌को विस्तारले संघीयतालाई बदनाम गर्ने खेल भएको छ । वैज्ञानिक डा. सिके राउतको यो ऐतिहासिकआविष्कार हो ! जनमतको नेतृत्वमा २० सदस्यीय मधेस सरकार !’

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ३१ बजे

उद्धारमा चुक्यौं, अब तत्काल राहत र पुनर्स्थापनामा ध्यान दिऔं

देशको संघीय राजधानीमा घनघोर वर्षा र नदीको बाढीमा थुनिएका नागरिकले

कारबाही हुने भएपछि हच्किए वायुसेवा सञ्‍चालक, अपर लिमिटमा टिकट नबेच्ने

काठमाडौं – बाढीपहिरोका कारण देशभर यातायात आवागमन प्रभावित भएको मौका

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल

वायुसेवा कम्पनीले बुधबारसम्म हवाई टिकटको अधिकतम मूल्य नलिने

काठमाडौं– विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट

भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको सुझाव

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही