राष्ट्रियसभामा सांसदको आरोप– सचिवहरुको सरुवाले कर्मचारी प्रशासन कमजोर भयो « Khabarhub

राष्ट्रियसभामा सांसदको आरोप– सचिवहरुको सरुवाले कर्मचारी प्रशासन कमजोर भयो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसंग, मन्त्रीहरुले सचिवहरुसंग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारणबारे सरकारसँग प्रश्न गरे ।

उनले भने, ‘एक बर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन् कि ? वा तीनले एक महिना भित्रै आफु असक्षम भएको प्रमाणित गरे । वा सम्बन्धीत मन्त्रीको रोजाईमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो ?’

राष्ट्रियसभा सदस्य विन्दा देवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : ४८ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु