टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै | Khabarhub Khabarhub

टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइने भएको छ ।

विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज बिहान ११ बजे मुख्य दलका शीर्ष नेताहरुलाई संयुक्त रुपमा प्रतिवेदन बुझाउन लागेको हो ।

सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्षपछि प्रमुख तीन ठूला दलहरू द्वन्द्वकालीन हिंसाका घटनालाई सम्बोधन गर्ने विधिमा सहमत भएका छन् ।

कार्यदल सदस्य महेश बर्तौलाले सहमतिको लिखित प्रतिवेदन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउन लागिएको जानकारी दिए ।

शीर्ष नेताहरुले प्रतिवेदन अध्ययन गरेपछि थप छलफल गर्नुपर्ने विषयमा तीन शीर्ष नेताले टुंगो लगाउने छन् ।

विधेयकमा नमिलेका विषयमा सहमति जुटाउन कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ०१ बजे

मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत

काठमाडौं– काठमाडौँ महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा