काभ्रेका सडकको यात्रा जोखिमपूर्ण « Khabarhub

काभ्रेका सडकको यात्रा जोखिमपूर्ण


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल–खावा र भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण भएको हो ।

गत चैत १९ गतेभित्रमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सडक विभागसँग सम्झौता गरेको निर्माण कम्पनीले धुलिखेल–खावा सडकमा हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन ।

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले धुलिखेलबाट पकुचासम्मको दुई किलोमिटर कटिङ, पानीको निकासका निम्ति नाला निर्माण, सवबेस र बेस गर्ने काम सकेर कालोपत्र गर्ने अवस्थामा पु¥याए पनि वर्षाका कारण कालोपत्र हुननसकेको बताए ।

वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलबाट खावासम्मको सडकमा क्षति भएपछि दुई साता उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

ती सवारीको भारलाई दृष्टिगत गर्दै ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस बनाएर कालोपत्र गर्ने योजना रहेको उनको भनाइ छ ।

यसैबीच, दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सम्झौता भएको भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको ठेक्काको म्याद यही साउन १५ गते समाप्त भएको छ ।

हालसम्म २५ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका–४ भकुण्डेबाट वडा नम्बर ५ को डुँडेपौवासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ याङ्वेलबाट वडा नम्बर ७ चापाखोरीसम्म साढे ६ किलोमिटर सडकमा नाला, बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने सम्झौता गरेको थियो । यो सडकखण्डको यात्रा पनि कष्टकर भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : २१ बजे

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार

‘महँगीले जनताको चुल्हो निभिसक्दा सरकार मुकदर्शक बन्यो’

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्को आडमा अत्यधिक महँगी

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल