टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम | Khabarhub Khabarhub

टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले जुटाएको सहमतिलाई नयाँ सरकार गठनपछिको राम्रो काम भनेका छन् ।

कार्यदलको प्रतिवेदन बुधबार सिंहदरबारमा बुझ्ने क्रममा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यदलको प्रतिवेदनका आधारमा टीआरसीसम्बन्धी विधेयक संसद्बाट पारित भएर शान्ति प्रक्रियाका बाँकी काम सकिने पनि उनले बताए ।

‘यसमा विगतदेखि नै सहमितको प्रयास गरिएको थियो’, उनले भने, ‘कार्यदलले जुटाएको सहमति नयाँ सरकार बनेपछिको एउटा राम्रो कामका रुपमा मैले लिएको छु ।’

प्रतिवेदनलाई संसद्‍को वैधानिक प्रक्रियाबाट टुङ्गो लगाई नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश दिनु पर्ने पनि उनले बताएका छन् ।

उता नेपाली कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ४५ बजे

भारतमा ‘मस्तिष्क खाने’ ब्रेन इटिङ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी

नयाँ दिल्ली- दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ ब्रेन

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि

फासीवादविरोधी अभियान एन्टिफालाई ट्रम्पले घोषणा गरे आतङ्ककारी संगठन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फासीवादविरोधी दाबी गर्ने अभियानलाई

किन उठ्यो विकास बोर्ड अध्यक्षबाट दिनेश डीसीले राजीनामा दिनुपर्ने कुरो ?

काठमाडौँ- चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको राजीनामा दिनुपर्ने मागसहित

‘जेन-जी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

काठमाडौं– सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सकेनन्। बारम्बार जेन-जी