मेकअप गर्दा नगर्नुहोस् यी गल्ती « Khabarhub

मेकअप गर्दा नगर्नुहोस् यी गल्ती


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरू विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरूका लागि मेकअप प्राकृतिक कुरा नै हो ।  तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरीत हुनसक्छ ।

कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने र चमक हराउने सम्भावना बढ्ने गर्दछ । त्यसैले मेकअपका बारेमा आफ्नो केही भुल वा बानी सुधार गर्नुपर्ने हुन्छ ।

१. मेकअप पखाल्ने
जहिल्यै पनि मेकअप गरेको अनुहार सुत्ने बेलामा अनिवार्य पखाल्नु पर्दछ । दिनभरको जस्तोसुकै व्यवस्था वा थकान भए पनि मेकअप सफा नगरी सुत्दा अनुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।

२. म्याद नाघेका सामाग्री
कहिल्यै डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग गर्नु हुँदैन । हरेक ब्युटी प्रोडक्टमा एक्सपायर मिति उल्लेख गरीएको हुन्छ । त्यसलाई सोही मितिभित्र प्रयोग गरिसक्नु पर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ ।

३. मेकअप ब्रसको सफाइ
दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाइ गर्नुपर्छ । मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । यसैले यसको सफाइ आवश्यक छ ।

४. अनुहार छुने
अधिकांश महिलाले जानेर वा अनजानमा आफ्नो अनुहार छोइरहन्छन् । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । त्यसैले यो गल्ती गर्नु हुँदैन ।

५. बाथरुममा मेकअपका सामान राख्नु 
मेकअप प्रोडक्ट्स बाथरुपमा राख्दा छिट्टै खराब हुने गर्छ । बाथरुममा हुने चिसोपनको कारण मेकअपको सामानमा ब्याक्टेरियाले आक्रमण गर्छ र इन्फेक्सन गराउँछ । मेकअपको सामान सधैँ कुल र सुख्खा ठाउँमा राख्नुपर्छ ।

विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल