पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक ५ घण्टापछि खुल्यो | Khabarhub Khabarhub

पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक ५ घण्टापछि खुल्यो


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन– पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु-काठमाडौं सडकखण्ड पहिरो हटाएपछि खुलेको छ।

बुधबार बिहान झरेको पहिरोले अवरुद्ध सडक करिब ५ घण्टा लगाएर पहिरो पन्छाइसकेपछि खुलेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

उक्त पहिरो सडक विभागको डोजर र लोडरको प्रयोग गरेर पन्छाउन ५ घण्टासम्म लागेको हो । त्यसक्रममा दुवैतर्फ कयौँ किलोमिटरसम्म सवारीको जाम लागेको थियो ।

पहिरो खसेको झण्डै ५ घण्टापछि डोजरले हटाएर मुग्लिङ-काठमाडौं सडक एकतर्फी खुले पनि जाम अझै कम भएको छैन । नारायणगढ–मुग्लिन तथा मुग्लिङ–पोखरा सडक नियमित रूपमा सञ्चालनमा छ ।

सबै तस्बिरहरू : विनोद श्रेष्ठ/मुग्लिन बजार

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : १९ बजे

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद