अन्तर विद्यालय कला-साहित्य प्रतियोगिता आयोजना हुँदै « Khabarhub

अन्तर विद्यालय कला-साहित्य प्रतियोगिता आयोजना हुँदै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहिद गंगालाल फाउन्डेसनको आयोजनामा ‘रचनात्मक क्षितिज : सहिदप्रति सम्मान’ कार्यक्रमअन्तर्गत उपत्यका स्तरीय कला- साहित्य अन्तर विद्यालय प्रतियोगिता आयोजना हुने भएको छ । सांस्कृतिक सचेतना, प्रतिभा पहिचान, सामुदायिक संलग्नता र बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुन लागेको हो । 

नेपालको सांस्कृतिक विविधता र सम्पदामा केन्द्रित रहने प्रतियोगितामा निबन्ध, कविता, बक्तृत्वकला र चित्रकला गरी चार विधामा प्रतिस्पर्धा हुने संस्थाका महासचिव सूर्यदीप प्रसाद श्रेष्ठले जानकारी दिए ।

यही भाद्र १४ गते हुने सो प्रतियोगिता अन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ भने अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहने महासचिवले श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र तेस्रो प्रतियोगी पनि पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा प्रथम हुनेहरूले माघ १६ मा हुने सहिद दिवसको मूल समारोहमा आफ्नो बक्तृत्वकला प्रस्तुत गर्नेछन् । विजयी चित्रकला सोही कार्यक्रममा प्रदर्शनमा राखिनेछ । यसैगरी पुरस्कृत निबन्ध र कविता संस्थाको जर्नलमा प्रकाशित गरिनेछ ।

भाद्र १४ गते काठमाडौं भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा हुने यो प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले यही साउन ३२ गतेसम्ममा आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । निजी विद्यालयको हकमा रू ५ हजार शुल्क लाग्नेछ । इच्छुक विद्यालयले संस्थाको टेलिफोन ०१५३८८११३ मा सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३८ बजे

क्यान्सर दिवसमा सिएमसीमा निःशुल्क बहिरङ्ग सेवा

चितवन– विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी

दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण

साफ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश खेल्दै

कास्की– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल

सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट

काठमाडौं– सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक

भरतपुरमा नयाँ औषधि उद्योग स्थापना गरिँदै

चितवन– देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने