मनसुनजन्य विपदमा परि आजसम्म १६७ को मृत्यु | Khabarhub Khabarhub

मनसुनजन्य विपदमा परि आजसम्म १६७ को मृत्यु


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मापरी आज दिउँसोसम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मापरी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ६७ जनाको मृत्यु भएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ९९ जना घाइते भएका छन् ।

बाढी, पहिरामापरी काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा एक सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने , “बाढी र पहिरोमापरी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।”

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले दुई सय ६८ वटा घर, एक सय वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोले आज दिउँसोसम्म सात सय ६३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ७२ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ३१ बजे

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

मस्को – आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका

चलचित्र ‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

काठमाडौं – करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा