तीन वर्षको अवधिमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु « Khabarhub

तीन वर्षको अवधिमा सवारी दुर्घटनामा २८ जनाको मृत्यु


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारिसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८-७९ मा ३१, आव २०७९-८० मा २५ तथा आव  २०८०-८१ मा ३५ सवारिसाधन दुर्घटनामा परेका थिए । 

तीन वर्षमा ६ ट्रक, चार  बस, १६  जीप र कार तथा १५ ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै ३१ मोटरसाइकल र १८ अटोरिक्सा पनि दुर्घटनामा परेका थिए । ती सवारिसाधन दुर्घटना  हुँदा  ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएका प्रहरी सहायक निरीक्षक धामीले बताए। 

तीव्र गतिका कारणले सवारिसाधन बढी दुर्घटना हुने गरेका पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन,  चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ । 

जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट छन् । पातारासी गाउँपालिकाको उर्थुमा एक, तिलाको रारालिहीमा दुई, तातोपानीको लिताकोटमा एक, हिमाको बड्कीमा एक तथा कनकासुन्दरीको गुठीज्युलामा एक  ट्राफिक प्रहरी कार्यरत रहेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ६ : ०० बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान