विद्युत प्राधिकरणका दुई सञ्चालक हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश « Khabarhub

विद्युत प्राधिकरणका दुई सञ्चालक हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सरकारी निर्णयविरुद्ध रिट निवेदन दर्ता गरेका सञ्चालकद्वयको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानमन्त्री ओलीको निर्देशन र व्यापारीहरूको आग्रहमा ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरण सञ्‍चालक समितिका दुई सदस्यहरू आचार्य र पुनलाई साउन २० गते हटाएका थिए । उनीहरूको स्थानमा पूर्व ऊर्जासचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए । उनीहरूले पुन र आचार्यले महसुल नतिर्दा लाइन काटिएका उद्योगका प्रधानमन्त्री ओलीको ठाडो निर्देशनअनुसार लाइन जोड्न गरिएको निर्णयमा असहमति जनाएका थिए । त्यसपछि सरकारले गत साउन १६ गते उनीहरूलाई हटाउने तयारीस्वरुप स्पष्टीकरण सोधेको थियो ।

सरकारको निर्णयविरुद्ध आचार्य र पुन साउन २३ गते रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । सोही रिटमाथि बिहीबार न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको हो ।

यो पनि-

विद्युत् प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई सरकारले हटायो

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : २३ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।