विद्युत प्राधिकरणका दुई सञ्चालक हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश « Khabarhub

विद्युत प्राधिकरणका दुई सञ्चालक हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‌– नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सरकारी निर्णयविरुद्ध रिट निवेदन दर्ता गरेका सञ्चालकद्वयको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानमन्त्री ओलीको निर्देशन र व्यापारीहरूको आग्रहमा ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरण सञ्‍चालक समितिका दुई सदस्यहरू आचार्य र पुनलाई साउन २० गते हटाएका थिए । उनीहरूको स्थानमा पूर्व ऊर्जासचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

पुन र आचार्य डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उभिएका थिए । उनीहरूले पुन र आचार्यले महसुल नतिर्दा लाइन काटिएका उद्योगका प्रधानमन्त्री ओलीको ठाडो निर्देशनअनुसार लाइन जोड्न गरिएको निर्णयमा असहमति जनाएका थिए । त्यसपछि सरकारले गत साउन १६ गते उनीहरूलाई हटाउने तयारीस्वरुप स्पष्टीकरण सोधेको थियो ।

सरकारको निर्णयविरुद्ध आचार्य र पुन साउन २३ गते रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । सोही रिटमाथि बिहीबार न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको हो ।

यो पनि-

विद्युत् प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई सरकारले हटायो

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : २३ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक