बाँकेमा स्कुल बसको ठक्करबाट गोठालो गएका युवक र १८ खसी-बाख्राको मृत्यु « Khabarhub

बाँकेमा स्कुल बसको ठक्करबाट गोठालो गएका युवक र १८ खसी-बाख्राको मृत्यु


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


32.3k
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एकजना युवकको ज्यान गएको छ । बसको ठक्करबाट उनी गोठालो लागेर चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो ।

ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् ।

घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएको प्रहरीले जनाएको छ। अहिले मालिक र बाख्राका शव सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ४७ बजे

बेलायतका राजा चार्ल्सले सार्वजनिक गर्दै व्यक्तिगत कर विवरण

लन्डन– बेलायती राजतन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्यले राजा चार्ल्स

‘अमेरिकी आप्रवासी हिरासतमा मृत्युदर उच्च’ 

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणसम्बन्धी कडा

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

गोरखा– उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र

बर्खा लागिसक्दा के छ बीपी राजमार्गको अवस्था ? कस्ता छन् सुरक्षा रणनीति ?

काठमाडौँ – राजधानीसँग पूर्वी जिल्ला जोड्ने मुख्य मानिने बीपी राजमार्ग

फिफाको निलम्बनमा पर्‍यो एन्फा, सरकार र राखेपबाट हस्तक्षेप भएको निष्कर्ष  

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ