विधान संशोधनका लागि रास्वपाले माग्यो सुझाव « Khabarhub

विधान संशोधनका लागि रास्वपाले माग्यो सुझाव


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान संशोधनका लागि सुझाव मागेको छ।

विधान संशोधनका लागि महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ गठन गरेको रास्वपाले सुझाव संकलन गर्ने भएको हो ।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।

कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन्।

अनलाइनमार्फत सुझाव दिन सकिने रास्वपाले जनाएको छ।

याे पनि…

रास्वपा कार्यशाला : संगठन सबै पालिकामा पुर्‍याउने, स्थानीय तहमा छाया सरकार चलाउने

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ८ : ४० बजे

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड

संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह

नायिका चयन नगरी ‘आबाट आमा’को शुभमुहूर्त

काठमाडौं – गत वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट