किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ? « Khabarhub

किन टाँसिन्छ मूलढोका माथि नागको चित्र ?


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


55.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ ।

तपाईँलाई थाहा छ, किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ? यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ ।

श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ ।

नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ ।

नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ ।

नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र जुन घरमा टाँसिन्छ त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्प बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहेको छ ।

ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिँदैन ।

प्रत्येक घरको जगमुनि नाग देवताको बास रहेको हुन्छ । त्यसैले घरको जग खन्दा नाग देवतालाई कुनै क्षति भएमा उनी रिसाउँछन् र उनी रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । एजेन्सिको सहयोगमा

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : १५ बजे

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,