ओलम्पिकमा भारतलाई पछि पार्दै पाकिस्तानले जित्यो स्वर्ण « Khabarhub

ओलम्पिकमा भारतलाई पछि पार्दै पाकिस्तानले जित्यो स्वर्ण


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

पेरिस – पेरिस ओलम्पिकमा पाकिस्तानका अर्साद नदिमले स्वर्ण पदक जितेका छन्। ज्याभलिन थ्रोमा उनले ओलम्पिक कीर्तिमान कायम गर्दै साबिक विजेता तथा विश्व विजेता भारतीय खेलाडी नीरज चोपरालाई पछि पारे। सो स्पर्धामा ग्रेनडाका एन्डरसन पिटर्सले कास्य पदक जिते।

कोभिडबाट सङ्क्रमित हुनुको बाबजुद पौडिएका तीन पटकका विश्व च्याम्पियन अमेरिकी नोह लायस दुई सय मिटर दौडमा तेस्रो भए। सो स्पर्धामा बोत्सवनाका लेटसिलो टेबोगोले स्वर्ण तथा अमेरिकाका केनेथ बेडरनेकले कास्य पदक जिते। १०० मिटरमा स्वर्ण जितेका लायसले गत विश्व च्याम्पियनसिपमा पनि शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेका थिए।

पेरिस ओलम्पिकमा बिहीबारको खेल सकिँदा अमेरिका ३० स्वर्ण सहित शीर्ष स्थानमा छ। अमेरिकाका लागि सिड्नी म्याकगाउलेनले महिला ४०० मिटर हर्डल्समा स्वर्ण पदक दिलाइन्। उनले ५०.३७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन्। सो स्पर्धामा अमेरिकी अन्ना कोरकोलले रजत तथा नेदरल्यान्ड्सका फेम्के बोलले कास्य पदक जिते।

पेरिस ओलम्पिकमा सबै भन्दा नाटकीय खेल बास्केटबलमा पनि देखिएको थियो। स्टार खेलाडीले भरिएको अमेरिका तेस्रो क्वार्टरको अन्त्यसम्ममा १३ अङ्कले पछि थियो। अमेरिकाले अन्त्यमा ९५–९१ ले खेल जितेको हो। ओलम्पिकमा अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा छ। २९ स्वर्णसहित चीनले अमेरिकालाई पछ्याइरहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ९ : २० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी