काठमाडौंमा यसरी मनाइयो आदिवासी दिवस (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा यसरी मनाइयो आदिवासी दिवस (तस्बिरहरू)


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा आदिवासी जनजातिहरूले झाँकीसहितको र्‍याली निकालेका छन् ।

आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्किने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् ।

र्‍यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ-संस्था सहभागी थिए ।

संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको थियो ।

सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु गरिएको हो । त्यसयता अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाइन्छ ।

नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेकाले यो दिवस मनाउने गरिएको छ ।

राष्ट्रसंघले सन् २०२४ मा मनाइने ३०औँ विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीको अधिकार संरक्षण’ नारा तय गरेको छ ।

तस्बिरमा हेर्नुहोस्  : 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ३२ बजे

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार