काठमाडौंमा यसरी मनाइयो आदिवासी दिवस (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा यसरी मनाइयो आदिवासी दिवस (तस्बिरहरू)


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा आदिवासी जनजातिहरूले झाँकीसहितको र्‍याली निकालेका छन् ।

आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्किने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् ।

र्‍यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ-संस्था सहभागी थिए ।

संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको थियो ।

सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु गरिएको हो । त्यसयता अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रुपमा मनाइन्छ ।

नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेकाले यो दिवस मनाउने गरिएको छ ।

राष्ट्रसंघले सन् २०२४ मा मनाइने ३०औँ विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीको अधिकार संरक्षण’ नारा तय गरेको छ ।

तस्बिरमा हेर्नुहोस्  : 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : ३२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग