जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म « Khabarhub

जङ्गली रातो च्याउको माग सहरदेखि विदेशसम्म


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यहाँको मालिका गाउँपालिका–५ देवीस्थानका रेशम बूढामगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्नमा व्यस्त छन् ।

बर्खायाम सुरु भएपछि पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी देविकला घर्तीको  परिवारका सदस्यहरू च्याउ खोज्न जङ्गलमै दिन बिताउने गर्छन् । ओसिलो जङ्गलका पुराना रुख र ठुटामा पाइने रातो च्याउ खोज्न रेशम र देवीकला मात्रै होइनन्, साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, विमलगायतका गाउँका स्थानीयवासी व्यस्त छन् ।

गाउँको होमस्टेदेखि सहरका तारे होटेल र विदेशसमेत रातो च्याउको माग भएकाले महँगोमा बिक्री हुने गर्छ ।

रातो च्याउको मूल्य यस वर्ष आलो प्रतिकिलो दुई हजार रुपैयाँ र सुकाएको पाँच हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिम मोलेर रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य महँगो भएको रुमकी देविकला घर्तीले बताइन् ।

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ भएको मुना घरबासकी सञ्चालक राधिका भण्डारीले बताइन् ।

‘घरबासमा आउने जो कोहीले खान र कोसेलीका लागि रातो च्याउ खोज्ने गर्छन्’, भण्डारीले भनिन्, ‘पाहुनाले युरोप अमेरिकासमेत कोसेलीका लागि यही च्याउ किनेर लैजाने गरेका छन् ।’

गत सालसम्म प्रति किलो आठ सयदेखि एक हजार रुपैयाँ सम्ममा बिक्री भएको रातो च्याउको मूल्य यस वर्ष दुई हजार रुपैयाँ पुगेको छ । सुकाएको रातो च्याउ आलोको तुलनामा महँगो भएको व्यापारी जगमाया पुन मगरले बताइन् ।

हालसम्म रातो च्याउको व्यावसायिक बजारीकरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताए । जङ्गलमा भर्खरै पलाएको च्याउ टिप्न थालेपछि उत्पादन घट्न थालेको र मूल्य वृद्धि भएको घर्तीको भनाइ छ ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म भण्डारण गर्न मिल्ने भएकाले कोसेलीका रूपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्ग्यानिक उत्पादन बिक्री गर्दै आएका सुमन पौडेलले जानकारी दिए । गत वर्ष रुमबाट रु पाँच लाखको जङ्गली च्याउ बिक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताए ।

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उनको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी रातो च्याउको  उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताए ।

उनले भने, ‘अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिना मै फल्ने बीउ उत्पादन भयो त्यसरी रातो च्याउको विकास गर्न सकिन्छ ।’

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : ५२ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई