यी २१ वर्षीया युवती जसले अमेरिका पठाइदिने भन्दै ५४ लाख ठगिन् « Khabarhub

यी २१ वर्षीया युवती जसले अमेरिका पठाइदिने भन्दै ५४ लाख ठगिन्


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना २१ वर्षीया युवतीले अमेरिका पठाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल तारकेश्वर नगरपालिका-२ बस्ने २१ वर्षीय लक्ष्मी माझीलाई उक्त ठगीमा संलग्न भएकव अभियोगमा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार माझीले अमेरिकामा मासिक दुई लाखसम्म तलब हुने राम्रो र सजिलो काम मिलादिने भन्दै ५४ लाख सात हजार ८७० रुपैयाँ ठगरे फरार भएकी थिइन् ।

त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गरेर खोजी थालिएको थियो । आचार्यका अनुसार खोजीका क्रममा उनलाई बिहीबार अपरान्ह कार्यालको टोलीले तारकेश्वर-२ बाट पक्राउ गरेको हो ।

अहिले उनलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ६ : ०५ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन