पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि अमेरिका र चीनको चर्को प्रतिस्पर्धा « Khabarhub

पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि अमेरिका र चीनको चर्को प्रतिस्पर्धा


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ। शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३-३३ स्वर्ण जितेका छन्। पदक तालिकामा अगाडि रहेको अमेरिका शीर्ष स्थानमा छ भने चीन दोस्रो स्थानमा छ।

अमेरिकाले ३३ स्वर्ण, ३९ रजत र ३९ नै कास्यसहित १११ पदक जितेको छ। चीनले भने ३३ स्वर्ण २७ रजत र २३ कास्यसहित ८३ पदक जितेको छ। स्वर्णको प्रतिस्पर्धामा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले १६ वटा स्वर्ण जितेको छ।

युके, आयोजक फ्रान्सले समान १४-१४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३-१३ स्वर्ण जितेका छन्। जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन्।

दुई सय बढी देश सहभागी ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ३७ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री